निजामती कर्मचारीहरुले संघीय निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
शुक्रबार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई चेतावनी दिएका हुन्।
ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्ने कुरा किमार्थ स्वीकार्य नहुने यनले बताए।
उनले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृत्ति विकाससहितको कर्मचारीमैत्री संघीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
२०७५ सालमा समायोजन कर्मचारीको पक्षमा नभएको भन्दै एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने बताउनु माग उनले गरे।
बन्द हड्तालसहितको ट्रेड युनियन अधिकार प्राप्त गरेको भन्दै त्यो अधिकार जस्ताको त्यस्तै आउनुपर्ने उनले बताए।
अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणीविहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखी नायब सुब्बाबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्ने उनको तर्क थियो।
संघीय निजामती ऐन शुक्रबार संसदमा दर्ता गर्ने तयारी छ। ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने कुरा सुनिएको भन्दै उनले यस्ता विषय नराख्न भने। यदि अधिकार छाँटकाँट भएको पाइए ट्रेड युनियनलाई किमार्थ स्वीकार्य नहुने उनले बताए।
Shares

प्रतिक्रिया