समाज


मलंगवा घटना अनुगमन गर्न मधेशी आयोगले पठायो उच्चस्तरीय टोली

मलंगवा घटना अनुगमन गर्न मधेशी आयोगले पठायो उच्चस्तरीय टोली

नेपालखबर
असोज ७, २०८० आइतबार १५:१६, काठमाडौँ

मधेशी आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा उच्चस्तरीय अनुगमन टोली पठाएको छ। 

कृष्णाष्टमी पूजाको मूर्ति र विश्वकर्मा पूजाको मूर्ति र गणेश पूजाको मुर्ति जलप्रवाह गर्न जाँदा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन उच्चस्तरीय अनुगमन टोली सर्लाही गएको हो। 

आयोगले जारी गरेको विज्ञप्तिमा घटनाप्रति खेद प्रकट गर्दै गम्भीरतापूर्वक हेरिरहेको बताएको छ। 

गत शुक्रबार गणेश चतुर्थिको मूर्ति सेलाउने क्रममा मलंगवामा पुन:झडप भएको थियो। त्यसपछि उक्त घटनाले अझै उग्र रुप लिएको आयोगले जनाएको छ। 

आयोगले कानुनविरीत कार्य गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ। 

आयोगले उक्त घटनामा घाइतेहरुको उपचारका लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ । अनुगमन टोलीलाई सबै सरोकारवालाहरुले सहयोग गरिदिन पनि आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad