समाज


मध्यपुरथिमी नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड

मध्यपुरथिमी नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड

नेपालखबर
असोज १८, २०८० बिहिबार ६:४०, काठमाडौँ

भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा २४ करोड रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गरेको छ। 

नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो।

नगरपालिकाले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा धेरै आठ करोड पाँच लाख ३० हजार आठ सय ५८ रुपैयाँ आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जनाएको छ। 

वडा कार्यालयमध्ये सबैभन्दा धेरै वडा नं ३ ले आम्दानी गरेको छ । वडा नं ३ ले रु तीन करोड ९८ लाख १७ हजार दुई सय २५ आम्दानी गरेको हो । वडाले रु चार करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो। 

वडा नं ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले भने, ‘व्यवसाय दर्ता अभियानअन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसलपसलमा पुगेर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको र सोअनुसार करिब चार सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिब चार करोड राजस्व सङ्कलन गर्न सफल भएको हो।’

वडा कार्यालयमध्ये वडा नं २ ले रु दुई करोड २७ लाख ५५ हजार सात सय ७४, वडा नं १ ले दुई करोड २२ लाख ४२ हजार नौ सय ५६, वडा नं ४ ले एक करोड ९२ लाख ६४ हजार छ सय २०, वडा नं ९ ले एक करोड ६३ लाख ८२ हजार पाँच सय ८७ रुपैया सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिए।

यसैगरी वडा नं ५ ले रु एक करोड ५० लाख ५५ हजार ९८, वडा नं ६ ले रु ९७ लाख ५९ हजार दुई सय १७, वडा नं ८ ले रु ८८ लाख ४६ हजार आठ सय र सबैभन्दा कम वडा नं ७ ले रु ६६ हजार ८३ हजार सात सय २४ आम्दानी गरेको सिलवालको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad