समाज


दुर्घटनामा उपसचिव घिमिरे र छोरा घाइते

दुर्घटनामा उपसचिव घिमिरे र छोरा घाइते

नेपालखबर
माघ १५, २०७६ बुधबार १२:३६,

विराटनगरबाट काठमाडौंतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको जिप सप्तरीको शम्भुनाथमा आज दुर्घटनामा परेको छ।

पूर्वपश्चिम राजमार्गस्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा पश्चिमतर्फ गइरहेको ना६ख २१७२ नंको ट्रकले गति कम गर्दा ट्रकको पछाडि प्रदेश सचिवालयको जिप ठोक्किएको सप्तरी प्रहरीले जनाएको छ।

श्रीमती, छोराछोरीसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दीपक घिमिरे सवार प्रदेश १–०२–००१झ०७१६ नंको प्रदेश सचिवालयको जिप दुर्घटना हुँदा उपसचिव दीपक र उनका छोरा ११ वर्षीय दीघार्यु घिमिरे घाइते भएको घाइते दीपक घिमिरेले बताए।

दुर्घटनामा सामान्य घाइते भएका उपसचिव घिमिरे र उनका छोरा दीर्घायूको शम्भुनाथस्थित क्लिनिकमै प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर फर्किएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad