समाज


भूकम्प : रुकुम पश्चिमका मृतक परिवारलाई आजदेखि २ लाखका दरले राहत बाँडिदै

भूकम्प : रुकुम पश्चिमका मृतक परिवारलाई आजदेखि २ लाखका दरले राहत बाँडिदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार ११:१५, रुकुम पश्चिम

रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ। 

सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख आज वितरण गर्न लागिएको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण सुरु हुँदै छ। 

सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए। ‘प्रति मृतकका परिवारलाई दुई लाखका दरले नगद दिइनेछ,’ उनले भने। 

शनिबार आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने सहायक प्रजिअ बढुवालले जानकारी दिए। आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो। मृतकका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ। 

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ। अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए। 

मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने शर्माको भनाई छ। 

जाजरकोटमा भूकम्पबाट एक सय एक जनाको मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .