समाज


छठमा सहभागी हुन गुह्येश्वरी पुगे राष्ट्रपति पौडेल (तस्बिर)

छठमा सहभागी हुन गुह्येश्वरी पुगे राष्ट्रपति पौडेल (तस्बिर)

सरोज बैजु
मंसिर ३, २०८० आइतबार १६:३६, काठमाडौँ

छठ पर्वमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाटस्थित गुह्येश्वरी मन्दिर परिसरमा पुगेका छन्। तराइ मधेशसहित पहाडी भेगमा पनि पछिल्लो समय छठ पर्व मनाउनेहरूको संख्या बढ्दै गएको छ। 

काठमाडौंका विभिन्न १३ वटा जलाशयमा छठ मनाइरहेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ। 

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका धार्मिक तथा ऐतिहासिक पोखरीका जलाशयलाई बेहुलीजस्तै सिंगारिएको छ। 

यसअघिका राष्ट्रपतिहरू पनि छठ मनाउनका लागि गुह्येश्वरी पुग्ने गरेका थिए।

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यदेवलाई चढाइन्छ। भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ।

व्रतालुहरू छठको पूजा गर्दा मनोकांक्षा पूरा हुने बताउँछन्। नरिवल, केरा, ठेकुवा लगायतका फलफूल र मिष्ठान्नद्वारा सूर्यदेवको पूजा गरिने व्रतालु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .