विश्व चर्चित फेसन डिजाइनर प्रबल गुरुङ काठमाडौँ आएका छन्। शुक्रबार बिहान उनी बौद्धस्थित सेचेन गुम्बामा देखिएका छन्।
गुम्बा र बौद्ध गुरुसँग देखिएका उनका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

गुम्बामा उनले ध्यान र योग सिकेको बताइएको छ।

उनी न्युयोर्कबाट केही दिनअघि नै काठमाडौँ आइपुगेका हुन्। अब एक/दुई दिनमै उनी मुम्बई जाने बताइएको छ।
काठमाडौँको नयाँ बानेश्वरमा घर भएका प्रबलले अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा, बेलायती राजकुमारी केट मिडल्टनदेखि विश्व चर्चित हलिउड र बलिउड सेलिब्रिटीसम्मका पहिरन डिजाइन गरेका छन्।
489
Shares

प्रतिक्रिया