समाज


धर्मगुरुको अगुवाइमा प्रसाईंका समर्थकले गौशालाको सडक कब्जा गरेपछि...(तस्बिर)

धर्मगुरुको अगुवाइमा प्रसाईंका समर्थकले गौशालाको सडक कब्जा गरेपछि...(तस्बिर)

सरोज बैजु
मंसिर ११, २०८० सोमबार १५:१८, काठमाडौँ

‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले सोमबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नतृत्वको महाअभियानले गत ७ मंसिरदेखि नै विरोध प्रदर्शन गर्दै आएको छ। 

सोमबार (आज) धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा आन्दोलन गरेको हो। 

यसअघि सो अभियानले ललितपुरस्थित बल्खु र काठमाडौँको सिफल चौरमा विरोध प्रदर्शन गरेको थियो। 

सोमबार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन सुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो।

लगत्तै प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको छ भने प्रदर्शन कोणसभामा परिणत भएको छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .