याक चौंरी कृषक महासंघ नेपालको उद्घाटन भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० का सिनियर लाइभस्टक एण्ड रेन्जल्यान्ड विज्ञ टासी दोर्जी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधिलगायतको उपस्थितिमा शनिबार महासंघको उद्घाटन गरिएको हो।
याक, नाक तथा चौंरी पालन संस्कृतिलाई संरक्षण, पुस्तान्तरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘याक चौंरी कृषक महासंघ नेपाल’ को उद्घाटन गरिएको हो।
मन्त्री किरातीले पर्यटकीय दृष्टिकोणले आकर्षण मानिने लोपोन्मुख याक, चौरी पालन, उत्थान र प्रवर्द्धनको पहलकदमीको प्रशंसा गरेका थिए।
गत असोजमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग र इसिमोडले महासंघको विधान (२०८०) जारी गर्दै संस्था गठनलाई औपचारिकता दिएका थिए।
Shares

प्रतिक्रिया