समाज


बम्जनको बयान : प्रहरी कार्यालय आउन पाउँदा खुसी छु, आफ्ना कुरा राख्न पाएँ

बम्जनको बयान : प्रहरी कार्यालय आउन पाउँदा खुसी छु, आफ्ना कुरा राख्न पाएँ

नेपालखबर
पुस २५, २०८० बुधबार १३:१६, काठमाडौँ

गम्भीर अपराधमा संलग्न भएको अभियोगमा पक्राउ परेका रामबहादुर बमजनले आफू भागे कहीँ पनि नगएको बताएका छन्।

काठमाडौंको हात्तीगौंडास्थित घरैबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि उनले बयान दिँदै भागेर हिँडेको कुरा अस्वीकार गरेका हुन्। 

सीआईबीको टोलीले उनलाई सोधेको थियो, ‘तपाईं यतिन्जेल कहाँ जानु भयो? कता गएर बस्नु भयो?’

यसको जवाफमा उनले भने, ‘सिन्धुलीका जंगलका विभिन्न ठाउँमा मेरा आश्रमहरू छन्। आश्रममै ध्यान र साधना गरिरहेँ। लेख्ने काममा व्यस्त रहेँ। नेपाल छाडेर कहीँ पनि गएको छैन।’

विभिन्न व्यक्तिलाई बेपत्ता र अनुयायी बलात्कार आरोप लागेपछि भागेको प्रसंग पनि सीआईबीका अधिकारीले निकालेका थिए। ‘तपाईं यत्रो घटना हुँदा किन भाग्नु भयो? प्रहरीले खोज्दा किन आउनु भएन?’, प्रहरीको यो प्रश्नको  जवाफमा उनले भने,‘म भागेको होइन ध्यानमै थिएँ। अहिले प्रहरी कार्यालय आउन पाउँदा खुसी छु। आफ्ना कुरा प्रष्ट भन्न मौका पाएँ। प्रष्ट पार्ने मौका पाएँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad