वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीको लम्कीचुहा नगरपालिका ६ घर भई हाल काठमाडौं किर्तिपुर–१० बस्ने वर्ष २८ को सरोज थापालाई पक्राउ गरेको हो।
सरोजले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु, त्यसको लागि ७ लाख ३० तीस हजार रुपैयाँ लाग्छ, रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख ३० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भभएका थिए।
प्रहरी टोलीले सरोज थापालाई खोजतलास गर्ने क्रममामाघ ३ गते किर्तिपुर पाँगा दोबाटोबाट पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया