समाज


‘डीएसपी हुँ’ भन्दै थर्काउने व्यक्ति पक्राउ

‘डीएसपी हुँ’ भन्दै थर्काउने व्यक्ति पक्राउ

नेपालखबर
फागुन ७, २०८० सोमबार १३:१७, काठमाडौँ

आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै थर्काउँदै हिँडेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ प्रहरी परिसरको टोलीले काठमाडौँ महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ पक्राउ परेका हुन्। 

उनले ‘म डीएसपी हुँ, नागरिकता छ?’ भन्दै मान्छे थर्काउँदै हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनी प्रहरी अधिकारी नभएको प्रहरीले जनाएको छ।

उनले एकजना सवारी चालकलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनलाई नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .