समाज


बढ्दै मानवअधिकार उल्लंघनका घटना, सबैभन्दा धेरै लुम्बिनीमा

बढ्दै मानवअधिकार उल्लंघनका घटना, सबैभन्दा धेरै लुम्बिनीमा

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
फागुन ७, २०८० सोमबार १७:४९, काठमाडौँ

अनौपचारिक सेवा केन्द्र (इन्सेकले) सन् २०२३ मा मानव अधिकार उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा बृद्धि भएको जनाएको छ।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा ‘नेपाल मानवअधिकार वर्ष पुस्तक– २०२४’ सार्वजनिक गर्दै मानव अधिकार उल्लङ्घनका घटनाको अवस्थाबारे जानकारी दिइयो।

सन् २०२३ मा ९ हजार ३ सय ८८ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएका छन्।

सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीमा ७ हजार ३ सय ७६ जना पीढित भएका थिए। महिला तथा बालबालिकामाथि भएका र हुने गरेका अपराधको संख्या बढ्दो क्रममा रहेको इन्सेकको तथ्यांकले देखाएको छ।

एक वर्षको अन्तरालमा २ हजार १२ बढी मानव अधिकार उल्लंघनका घटना भएका छन्।

यस वर्ष राज्य पक्षबाट ६ जनाको हत्या भएको इन्सेकले जनाएको छ। यातनाका घटनामा २ जना, गिरफ्तारीको घटनामा २ सय ४० जना, जातीय विभेदका घटनामा ६२ जना, कुटपिटमा ४ सय १४ जना, अमानवीय व्यवहारका घटनामा ३१ जना पीडित भएको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ।

यो वर्ष प्रहरी हिरासतमा २ जना तथा कारागारमा ५१ जनाको मृत्यु भएको छ।

यो वर्ष सबैभन्दा धेरै मानवअधिकार उल्ल‌ंघनका घटना लुम्बिनी प्रदेशमा भएको देखिन्छ। यहाँ २ हजार २६ जना अन्यपक्षबाट ४३ जना राज्यपक्षबाट पीडित भएको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ।

त्यसपछि बागमती प्रदेशमा राज्यपक्षबाट सबैभन्दा धेरै मानिस पीडित भएका छन्। यो प्रदेशमा ६ सय ९८ जना राज्यपक्षबाट पीडित हुँदा अन्यपक्षबाट १५ सय ७६ जना पीडित भएका छन्।

कोशी प्रदेशमा १५ सय ४१ मानव अधिकार उल्लंघनका घटना घटेका छन्। जसमा १४ सय २५ जना अन्य पक्षबाट पीडित भएका छन् भने १ सय १६ जना राज्य पक्षबाट पीडित भएको तथ्यांक सार्वजनिक भएको छ।

गण्डकी प्रदेशमा ६ सय १६ मानव अधिकार उल्लंघनका घटना सार्वजनिक हुँदा सबैभन्दा थोरै कर्णाली प्रदेशमा ४ सय ९९ घटना सार्वजनिक भएका छन्।

उपचारका क्रममा लापरबाही गरेको आरोपमा स्वास्थ्यकर्मीमा कुटपिट तथा दुर्व्यवहारका घटना यस वर्ष पनि दोहोरिएका इन्सेकले जनाएको छ। दाइजोका कारण यस वर्ष मात्रै ५२ जना महिलामाथि हिंसा भएको छ।

३ सय ९२ यौन दुर्व्यवहारका घटना सार्वजनिक हुँदा एक हजार २ जना बलात्कृत भएको तथ्यांकले देखाउछ। सामाजिक सञ्जाल दुरुपयोग गरी महिला र बालबालिका माथि भएका हिंसा पीडितको संख्या पनि उल्लेख्य छ।

यो वर्ष मात्रै २ सय ३३ महिला तथा बालबालिका सामाजिक सञ्जालबाट हिंसामा परेको देखिन्छ।

यस वर्ष १ हजार ५ सय ६५ बालबालिका मानव अधिकार उल्लंघनका घटनामा पीडित भएका छन्। जसमध्ये १ हजार २ जना बलात्कारका घटनामा पीडित भएका छन् भने ३ सय ९२ जना यौन दुर्व्यवहारमा परेका छन्।

५२ जना बालबालिका बेचबिखनमा परेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .