बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता गर्ने तीनजना पत्रकारलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ।
फाउन्डेशनले सूचना जारी गर्दै खोजमूलक पत्रकारिता पुरस्कार २०८१ प्रधान गर्न लागिएको जानकारी दिएको छ।
पुरस्कारका लागि ईच्छुक पत्रकारल् आफ्ना खोजी सामग्रीसहित प्रतिष्पर्धामा भाग लिन पाउने फाउन्डेशनले जनाएको छ।
पहिलो हुने पत्रकारलाई १५ लाख, दोश्रो हुनेलाई ७ लाख र तेश्रो हुनेलाई ३ लाख प्रदान गरिने फाउन्डेसनले जनाएको छ।
पुरस्कारको घोषणा आउँदो वैशाख २१ मा गरिनेछ। प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेशनले जनाएको छ।
हेर्नुहोस् सूचना
51
Shares
प्रतिक्रिया