ad ad

समाज


बंगलादेशी नागरिकलाई नेपालमा बन्धक बनाउने थप एक जना पक्राउ

बंगलादेशी नागरिकलाई नेपालमा बन्धक बनाउने थप एक जना पक्राउ

नेपालखबर
चैत १६, २०८० शुक्रबार १६:२५, काठमाडौँ

वैदेशिक रोजगारीका लागि विभिन्न युरोपियन मुलुक पठाउने भन्दै बंगलादेशी नागरिकहरूलाई नेपालमा ल्याएर बन्धक बनाउने थप एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २७ वर्षीय यासिर अहमद भन्ने एमडी यासिर बाङ्ला पक्राउ परेका हुन्।

बंगलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, ईटाली लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई बंगलादेशबाट नेपाल ल्याई काठमाडौ‌को पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा बन्धक बनाइ राखेको प्रहरीले जनाएको छ।

सो समूहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ८ गते पीडितहरूको सकुशल उद्वार गरेको थियो।

सो कार्यमा संलग्न रही फरार रहेका बंगलादेशी नागरिक यासिरलाई चैत १५ गते सिनामंगलबाट पक्राउ गरेको हो।

उनीमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि  जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .