समाज


अचानक हुरी चल्दा फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

अचानक हुरी चल्दा फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १९:१७, पोखरा

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटना भएको छ। दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोट दुर्घटना भएको थियो। डुंगामा रहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगरका ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा बानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । 

दुर्घटना लगत्तै न. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो । दुर्घटनामा परेकाहरुको अवस्था सामान्य छ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको  थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .