समाज


कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो, प्रस्तावित उडानसमेत रद्द

कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो, प्रस्तावित उडानसमेत रद्द

यज्ञराज जोशी
फागुन ११, २०७६ आइतबार ८:३१,

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालले त्यहाँ तत्कालका लागि कामदार नपठाउने भएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले कोरोनाको समस्यामा केही सामाधान नभएसम्म कोरिया कामदार नपठाइने निर्णय भएको बताए।

‘कोरियामा पनि कोरोनाको संक्रमण देखिएकाले नेपाली कामदारलाई पठाउँदैनौँ’, नेपालखबरसँग कुरा गर्दै महानिर्देशक दहालले भने, ‘कोरानाको संक्रमण फैलिएकै कारण कोरिया कामदार लैजानका लागि प्रस्ताव भएको एक उडानपछि सर्ने भएको छ।’

कोरियामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेको समाचार बाहिरिएसँगै फागुन १८ गते कोरिया पठाउन लागिएको उडान रोकिने भएको हो।  ईपीएस कोरिया शाखाका कर्मचारी कृष्णप्रसाद खनालका अनुसार सो दिन ४० जना नेपालीहरुलाई कोरिया पठाउन प्रस्ताव गरिएको थियो।

‘यो प्रस्तावित उडान रोक्ने छलफल भएको छ। फेरि कहिले उडाउने भन्ने विषयमा निर्णय भएको छैन,’ उनले भने।

ईपीएसमार्फत सरकारले कोरियामा नेपाली कामदारहरु पठाउँदै आएको छ। नेपाल कोरियामा ३५ देखि ४० हजार नेपालीहरु रहेको विभागको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा मात्रै कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ। कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाबाट संक्रमितको संख्या ५५६ पुगेको छ।

खासगरि कोरियाको थेगु शहर कोरोनाबाट बढी प्रभावित बनेको छ। सो प्रान्तका मेयरले मानिसहरुलाई चहलपहल कम गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad