समाज


कतार एयरवेजले इरान र दक्षिण कोरियाबाट आउने यात्रुलाई क्वारेन्टाइनमा राख्ने

कतार एयरवेजले इरान र दक्षिण कोरियाबाट आउने यात्रुलाई क्वारेन्टाइनमा राख्ने

नेपालखबर
फागुन १२, २०७६ सोमबार ८:६,

इरान र दक्षिण कोरिया कोरोनाबाटग्रस्त मूलुक हुन्। हालसम्म कोरियामा कोरोनाबाट संक्रमितको संख्या ७६३ पुग्दा त्यहाँ ७ जनाको ज्यान गइसकेको छ। यस्तै इरानमा ४३ जना संक्रमित भेटिँदा त्यहाँ ८ जनाको ज्यान गइसकेको छ।

कतारमा हालसम्म कोरोनाबाट संक्रमित भेटिएका छैनन्। कोरोना फैलन त्रासका कारण कतार एयरवेजले कतार फर्किएपछि आफ्ना यात्रुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएको हो।

कतार एयरवेजले भनेको छ,‘कोरोनाको संकेत देखिएका यात्रुलाई हामीले हामद मेडिकल कर्पोरेसनमा राख्ने निर्णय गरेका छौं।’

यस कार्यमा साथ दिन कतार एयरवेजले आग्रह गरेको छ।

चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ७९ हजार नाघेको छ।

सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ हजार १ सय ४० पुगेको हो। जसमध्ये चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना संक्रमित भएका हुन्।

यसैगरी अहिलेसम्म उक्त भाइरसको संक्रमणबाट विश्वभर २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै २ हजार ४ सय ४२ जनाको मृत्यु भएको हो। चीनबाहिर २६ जनाको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad