केही दिनयता अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि जिल्लाका अधिकांश विद्यालयमा गर्मी बिदा दिइएको छ।
त्यसैगरी कालिका नगरपालिका र रत्ननगर नगरपालिकाले पनि मङ्गलबार र बुधबार दुई दिन बिदा दिएको छ। कालिका नगरपालिकाका शिक्षा निर्देशक गङ्गाधर रिमालले विसं २०८१ को बर्खे बिदा कट्टी हुने गरी पालिकाका सबै विद्यालयमा बिदा गरिएको बताए।
रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले दुई दिन बिदा दिएको जानकारी दिए।
उनले भने, ‘राप्तीमा २ भेग छ पहाडी इलाकामा खासै गर्मी बिदाको आवश्यक हुँदैन भने तराई भेगमा गत हप्ता पनि बिदा दिइएको थियो अहिले पनि विद्यालयले आवश्यकताअनुसानर बिदा दिँदै आएका छन्।’
चितवनको अधिकांश पहाडी क्षेत्रमा पर्ने एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा भने गर्मीको खासै असर देखिएको छैन। पालिकाका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा गर्मी बिदाको कुनै निर्णय नभएको बताए। पहाडी क्षेत्रमा गर्मीको असर कम हुने हुँदा बिदा नै गरेर पठनपाठन बन्द गर्नु नपर्ने उनको भनाइ छ। रासस
Shares

प्रतिक्रिया