ad ad

समाज


बाढीको पूर्वसूचना टेलिकमले दिने, यस्तो छ सम्झौता

बाढीको पूर्वसूचना टेलिकमले दिने, यस्तो छ सम्झौता

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १८:५४, काठमाडौँ

बाढीलगायत जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा शुक्रबार टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउनेछ।

बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनुअगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्नेछन्।

सम्झौताअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, घुम्रपान, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटन, डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइनेछ। यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई ‘सेन्ट्रल सर्भर’ प्रयोग गर्न पहिलेदेखि ६ सय सिम उपलब्ध गराइरहेकामा अब १ सय थप गरी ७ सय सिम उपलब्ध गराएको छ। सिममा प्रतिमहिना तीन सय एमबी डाटा निःशुल्क उपलब्ध छ।

नेपाल टेलिकमले विसं २०७३ सालदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ। विभागले सम्प्रेषण गर्ने पूर्वसूचना सन्देशहरू विसं २०७३ सालदेखि अनवरत रूपमा निःशुल्क ‘मास एसएमएस सेवा’मार्फत सर्वसाधारणमा पुर्‍याई विपद् जोखिम न्यूनीकरणका लागि योगदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .