भ्रमणका क्रममा ट्रम्पसँग श्रीमती मलेनिया ट्रम्पसँगै ट्रम्पका ज्वाँइ ज्यारेड कुस्नर र छोरी इभान्का ट्रम्प पनि भारत पुगेका थिए।
इभान्काले भारत भ्रमणका क्रममा आगरास्थित ताज महलमा भ्रमण गरेकी थिइन्।
इभान्काले भ्रमण गरेका स्थानहरुको तस्बिर भारतीय नागरिकले फोटोसप गरेर रोचक किसिमको बनाएपछि यतिबेला ट्रम्पकी छोरी इभान्काले उक्त तस्बिरहरुमा प्रतिक्रिया जनाएकी छिन्।
I appreciate the warmth of the Indian people.
...I made many new friends!!! https://t.co/MXz5PkapBg
हाल फोटोसप गरिएका तस्बिरहरु भाइरल बनिरहेका छन्। यसबीचमा इभान्काले भारतीय नागरिकको माया र सद्भावले आफू अत्यन्त खुशी भएको बताएकी छिन्।
उनले आफ्नो ट्वीटरमै उक्त तस्बिरहरु सेयर गरेर फोटोहरु राम्रो लागेको बताएकी छिन्।
— Ivanka Trump (@IvankaTrump) March 1, 2020Thank you for taking me to the spectacular Taj Mahal, @diljitdosanjh! ?
It was an experience I will never forget! https://t.co/VgqFuYBRIg

प्रतिक्रिया