ad ad

समाज


नारायणगढ–मुग्लिन सडक भासियो

इच्छाकामना गाउँपालिका–६ नौ किलोमा एकतर्फी यातायात सञ्चालन
नारायणगढ–मुग्लिन सडक भासियो

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८१ सोमबार ७:४५, चितवन

नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ। सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने नौ किलो भन्ने ठाउँको सडक आइतबार भासिएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले जानकारी दिए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्न सुरु गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .