समाज


थारू समुदायको सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने

थारू समुदायको सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १६:५४, काठमाडौँ

देशको पश्चिम तराईका थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल, नेपालगन्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन्। 

थारू समुदायलाई पायक पर्ने र अधिक बसबोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा हेमोग्लोबिनोप्याथी वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। विपन्न नागरिक औषधी उपचार कोष निर्देशिकाबमोजिम सिकलसेल एनिमियाका बिरामीलाई शल्यक्रिया, औषधी, औषधीजन्य सामग्री, थप निदानात्मक सेवा तथा शय्या सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्थासमेत गरिने मन्त्राललयले जनाएको छ।

थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका सिकलसेल एनिमिया रहेको छ। यस समुदायको झण्डै १२ प्रतिशत हिस्सा यो समस्याबाट प्रभावित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक अध्ययनले देखाएको छ। 

पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भूभागमा थारू समुदायको बाक्लो बसोवास छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad