समाज


झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट घाइते पुरुषको मृत्यु

झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट घाइते पुरुषको मृत्यु

झाँक्री प्रकाश भुजेल


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १२:२, काठमाडौँ

झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। 

बुधबार दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साँखु-थली सडकखण्डमा उनले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका थिए।

जसमध्ये काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका अन्दाजी ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। 

मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती अन्दाजी ३२ वर्षीया किसानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन्।

थलीबाट साँखुतर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा १९ च २६९५नम्बरको कारले सोही दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।

घाइतेहरूलाई तत्काल नारायणटारस्थित शंखरापुर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि दुवै जनालाई ग्रान्डी अस्पताल टोखा लगिएको थियो। 

दुर्घटनापछि झाँक्री भुजेल कार घटनास्थलमै छाडेर फरार भएका थिए। उनलाई पक्राउ गरिसकेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad