प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ।
पारकिन्सन रोगबाट पीडित राईको शनिबार उपचारकै क्रममा निधन भएको हो। उनको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित भएर लागेका थिए। राई २०६३ को अन्तरिम व्यवस्थापिकामा माओवादीबाट विधायक भएपछि भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए।
राज्यमन्त्रीकै हैसियतमा उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेका थिए।
तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा लागेका थिए। वैद्यको पार्टी पनि विभाजित हुँदा उनी नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा गए।
तर विप्लवको पार्टीमाथि प्रतिबन्ध लागेपछि राई २०७६ मा तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए।
Shares

प्रतिक्रिया