काठमाडौँको जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिएर भएको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार राति काठमाडौँ महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा रोकी राखेको बा४ ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगंज महानगरपालिका- १४ मुरलीबगैंचा घर भई हाल काठमाडौँको काँडाघारी हात्तिडाँडा बस्दै आएका ४५ वर्षीय संजय सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनापछि टिपर चालक फरार भएका छन्।
3.4k
Shares

प्रतिक्रिया