कानुनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अध्यक्ष सिलवाल कानुनविपरीत गएर ६५ वर्षको उमेरमा अवकाश नभइ ९ महिनासम्म पदमै रहेको, नागरिकतामा पटकपटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोप छ।
सिलवालले जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ गते नेपाली नागरिकता प्राप्त गर्दा १६ वर्ष भएको उल्लेख गरेको तर जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट २०६६ वैशाख १७ गते नागरिकताको प्रतिलिपि लिँदा जन्ममिति २०१६ कात्तिक २२ गते कायम गरेको अख्तियारको भनाइ छ।
उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा पनि जन्ममिति फरक फरक रहेको पाइएको छ।
सिलवाललाई झुटो जन्ममिति कायम गरी सरकारी ओहोदामा रहेर आर्जन गरेको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको छ।
Shares

प्रतिक्रिया