समाज


प्रहरीका ५ एसएसपीको काज : ललितपुरमा अधिकारी, विमानस्थलमा राठौर

प्रहरीका ५ एसएसपीको काज : ललितपुरमा अधिकारी, विमानस्थलमा राठौर

नेपालखबर
पुस १७, २०८१ बुधबार १८:४७, काठमाडौँ

नेपाल प्रहरीका ५ जना वरिष्ठ उपरीक्षकको काज सरुवा भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सोमेन्द्र सिंह राठौरलाई पठाइएको छ। राठौर राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत थिए। त्यससअघि उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख समेत भएका थिए। 

जिल्ला प्रहरी परिसर ललितपुरमा श्याकृष्ण अधिकारीले जिम्मेवारी पाएका छन्। यसअघि अधिकारी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। ललितपुर परिसरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ। 

रानीपोखरीमा कार्यरत विनोद घिमिरे उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका छन्। भरतपुर तालिम शिक्षालयमा भूपेन्द्र खत्री सरुवा भएका छन्। यसअघि काठमाडौँ प्रहरी प्रमुख समेत रहेका खत्रीलाई छोटो समयमै सरुवा गरिएको थियो। 

अहिले उनी अपराध अनुसन्धान विभागमा कार्यरत थिए। उनीहरुलाई काज सरुवा गर्न प्रहरी प्रधान कार्यालयले मंगलबार नै गृहमन्त्रालयमा फाइल पठाएको थियो। तर गृहमन्त्रीले बुधबार अपरान्ह मात्रै काजको निर्णय गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad