समाज


रवि लामिछाने भैरहवा पुगे, भोलि अदालतमा हाजिर हुने

रवि लामिछाने भैरहवा पुगे, भोलि अदालतमा हाजिर हुने

नेपालखबर
माघ ८, २०८१ मंगलबार १६:५४, काठमाडौँ

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्। 

आफूविरुद्ध दायर भएको मुद्दाबारे अदालतमा उपस्थित भएर बयान दिन उनी मंगलबार काठमाडौँबाट बुद्ध एयरको जहाजर्फत भैरहवा पुगेका हुन्। 

लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा उनले जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। 

त्यस्तै काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछाने काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बुझाएर रिहा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad