समाज


मन्तव्य राखेर मञ्चबाट ओर्लिनासाथ लडेका वडाध्यक्ष मियाँको निधन

मन्तव्य राखेर मञ्चबाट ओर्लिनासाथ लडेका वडाध्यक्ष मियाँको निधन

फाइल तस्बिर: वडाध्यक्ष तवारक अहमद मियाँ


नेपालखबर
माघ २०, २०८१ आइतबार ७:२७, मध्यबिन्दु (नवलपरासी)

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयाघातका कारण निधन भएको छ। 

शनिबार राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दसौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए।

त्यसपछि तत्काल उनलाई चितवन मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले जानकारी दिए।

सैँतीस वर्षका वडाध्यक्ष मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन्।

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad