समाज


डिजिटल वालेटको कर्मचारी हुँ भनि ठगी गर्ने व्यक्ति पक्राउ

डिजिटल वालेटको कर्मचारी हुँ भनि ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखबर
माघ २३, २०८१ बुधबार २०:२, काठमाडौँ

विभिन्न वालेटहरूको आधिकारिक कर्मचारी हुँ भनि ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण गाउँपालिका २ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने वर्ष २१ का शुभम् साह रहेका छन्।

उनलाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।

गैर-कानूनी अभौतिक मुद्रा (क्रिप्टो) तथा (अनलाइन स्क्याम) ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीमाथि अनुसन्धान तथा कारबाही भइरहेको  प्रहरीले जनाएको छ।

साह मिति २०८० को मंसिरमा अन्लाइन ठगी कसुरमा १० महिना कैद भुक्तान गरी छुटेको देखिएको साथै निज अन्य ४ वटा अनलाइन ठगी मुद्दामा फरार रहेको देखिएको छ।  

उनको साथबाट विभिन्न ब्राण्डका मोबाइल थान २, सिमकार्ड- थान १६ (नेपाली १४ थान, भारतीय २ थान), र सवारी धनी पुर्जा बरामद भएको छ।

कसरी हुन्छ अन्लाइन ठगी?
प्रहरीका अनुसार विभिन्न डिजिटल वालेटहरूको आधिकारिक कर्मचारी हुँ, वालेट आईडी बैंक खातासँग लिकं-अप तथा खाता नवीकरण, केवाइसी फारम अपडेट स्टेटमेन्ट भेरिफाइ जस्ता विविध कार्यहरू गरिदिन्छु भन्ने गरेको पाइएको छ। 

पीडितहरूलाई विभिन्न मोबाइल नम्बरहरूबाट फोन सम्पर्क गरी झुक्यानमा पारि डिजिटल वालेटहरूका सेवाग्राहिहरूकै मोबाइल नम्बरमा ओटीपी (वन टाइम पासवर्ड) पठाई उक्त कोड माग गरी सेवाग्राहीहरूकै वालेट आइडीहरूमा अनाधिकृत रुपमा पहुँच पुर्याई(ह्याक) गरी विभिन्न बैंक खाता तथा डिजिटल वालेटहरूमा रकम ट्रान्सफर गर्ने गरेको अनुसन्धानले देखाएको छ।

यस्तै अनलाइन ठगी गरेको रकम टेलिग्राम एपमा विभिन्न ब्यक्तिहरु मार्फत यूएसडीटी, बिनान्स लगायतको क्रिप्टो करेन्सी साट्न प्रयोग गर्ने गरेको पाईएको छ।

कुनै पनि तवरले अनलाइन/डिजिटल ठगी हुनबाट बच्न आफनो खाताको विवरण र प्राप्त ओटीपी कसैसँग पनि सेयर नगर्न केन्द्रीय अनुसन्धान ब्यूरोले आग्रह गरेको छ।

यस्तै अपरिचित ब्यक्तिहरुबाट आएको फोन तथा लिंकहरुमा विश्वासमा परि क्लिक गर्ने र आफनो विवरण सेयर गर्ने जस्ता कार्य नगर्न तथा अपरिचित ब्यक्तिबाट प्राप्त हुने क्षणिक आर्थिक लाभ तथा प्रलोभनमा नपर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad