समाज


मोटरसाइकल दुर्घटनामा दुई युवाको निधन

मोटरसाइकल दुर्घटनामा दुई युवाको निधन

नेपालखबर
माघ २७, २०८१ आइतबार १८:२२, कास्की

शनिबार राति लेकसाइडमा भएको मोटरसाइकल दुर्घटनामा दुईजना युवाले ज्यान गुमाएका छन्।

रातको करिब एक बजे लेकसाइडको स्ट्रिट नम्बर ३ मा भएको दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका-२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलको पछाडि बस्ने २१ वर्षकै सुजल अधिकारीको उपचारको क्रममा निधन भएको हो।

उनीहरूलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा सवा २ बजेतिर डाक्टरले दुवैलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा  ग १३ प ६७१९ नं. को मोटरसाइकल सडक छेउमा रहेको विद्युतको पोलमा ठोक्किएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad