रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२, अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थप २ बालकको शव निकालिएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले नेपालखबरलाई दिएको जानकारीअनुसार गोताखोर टोलीले मंगलबार बिहान दुवै बालकको शव नदीबाट निकालेको हो।
सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव र १२ वर्षका मुनु हरिजनको शव फेला परेको हो।
उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो।
सुरक्षा बेस लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो।
बेपत्ता तीन बालकमध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो।
भिडिओ-
Shares

प्रतिक्रिया