समाज


स्वास्थ्यमन्त्री पौडेलले यूएईमा गरेको प्रतिबद्धता कार्यान्वयनमा

स्वास्थ्यमन्त्री पौडेलले यूएईमा गरेको प्रतिबद्धता कार्यान्वयनमा

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १२:५३, काठमाडौँ

दुई दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ।

मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीँ रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्नेगरी शहीद धर्भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको हो। 

मन्त्री पौडेलले केही दिनभित्रै रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट फर्किएको स्वास्थ्य रक्षाका लागि निर्णय गर्ने घोषणा गरेका थिए। उनले यसका लागि यूएईका स्वास्थ्य विभाग अध्यक्षसँग समेत वार्ता गरेका थिए।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको छ। 

वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए।

यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखिकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकिन्त्सक खटाउने भएको छ। वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्रीसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ।

यसैगरी, विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने छ।

यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ।

यी निर्णयहरु कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने मन्त्रालयको विश्वास रहेको प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।

‘वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यमा देखिएका जटिल समस्याबारे जानकार मन्त्रीज्यूले त्यसमा परिवर्तन ल्याउन केही कार्यक्रम ल्याउने सोच्नुभएको थियो,’ उनले भने, ‘अहिले धर्मभक्तमार्फत भएको निर्णयले सकारात्मक योगदान दिनेछ।’  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad