समाज


आज ९८औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस, कति जनाले पाउँछन् पुरस्कार?

आज ९८औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस, कति जनाले पाउँछन् पुरस्कार?

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८२ शनिबार १०:०, काठमाडौँ

आज वैशाख १३ गते ९८औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस, देशभर विविध कार्यक्रम गरी दिवस मनाइँदै छ।

वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक फोटो छापिएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउने गरिएको हो। 

दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे), नेपालले सम्पूर्ण फोटो पत्रकार, मिडिया क्षेत्रका श्रमजीवी, सरोकारवाला निकाय तथा शुभेच्छुकलाई शुभकामना दिएको छ। 

एनएफपीजेका महासचिव घनश्याम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विगतका योगदानकर्ताप्रति सम्मान, वर्तमानमा क्रियाशील फोटो पत्रकारहरूका लागि एकता, सुरक्षा र पेसागत मर्यादाको माग तथा आगामी दिनमा अझ सुरक्षित वातावरणको निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ।

यसै अवसरमा समूहले आज ‘पाँचौँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ आयोजना गर्दै छ।

ललितपुरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा आठ विधामा पुरस्कार वितरण गरिनेछ।

साथै सातै प्रदेशबाट एक/एक जना उत्कृष्ट फोटो पत्रकारलाई समेत सम्मान गरिनेछ।

संस्थाले सरकार, सञ्चारगृह, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारहरूसँग फोटो पत्रकारहरूको श्रमको सम्मान, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता र कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad