तीनकुने घटनामा कांग्रेस सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनि सार्वजनिक भएको विषयमा खण्डन गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा पक्राउ गरी विना कारबाही छाडिएको भनि प्रेषित समाचारहरुमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
यस सन्दर्भमा त्यस्तो कुनै पनि व्यक्तिलाई जिल्ला प्रहरी परिसर तथा मातहत कार्यालयहरुबाट नियन्त्रणमा लिइएको भन्ने कुरामा कुनै सत्यता नरहेको प्रहरी उपरीक्षक अपीलराज बोहराले दाबी गरेका छन्।
गत साता संसदमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनाको दिन भाटभटेनी लुटपाट आरोपमा कांग्रेसका एक सहमहामन्त्रीका छोरा पक्राउ परेको र कारबाही नगरी छाडिएको दाबी गरेका थिए।
तर लिङदेनले कुन सहमहामन्त्रीका छोरा को हुन् भन्ने खुलाएका थिएनन्। आफ्ना नेताको बदनाम गर्न खोजेको भन्दै कांग्रेसले लिङदेनलाई यो विषय प्रस्ट पार्न चुनौती दिएको थियो। तर उनले त्यसपछि पनि को हो भन्ने खुलाएका थिएनन्।
तर त्यसपछि एक सहमहामन्त्रीको नामै किटान गरेर आएका समाचार झुटा रहेको प्रहरीको दाबी छ।
Shares

प्रतिक्रिया