आफूलाई गृह मन्त्रालयको कर्मचारी बताउँदै प्रहरीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले पाल्पाको नैनादेवी गाउँपालिका ७ का ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई पक्राउ गरेको हो।
उनी हाल काठमाडौँ महानगरपालिका १ नक्साल बस्दै आएका थिए। उनले गृहमन्त्रालयको कर्मचारी बताउँदै विभिन्न प्रहरी कार्यालयमा टेलिफोन गरेको र धम्की दिएको भन्दै प्रहरीले गृहमन्त्रालयमा सोधपुछ गरेको थियो।
गृह मन्त्रालयले उनी मन्त्रालयको कर्मचारी नभएको बताउँदै पक्राउ गरी कारबाही गर्न प्रहरीलाई आदेश दिएको थियो। नक्सालबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ।
1.1k
Shares

प्रतिक्रिया