समाज


प्रकृति लम्साल मृत्यु प्रकरणका अभियुक्त धरौटीमा रिहा, बाबुले मागे परराष्ट्रमन्त्री राणासँग गुहार

प्रकृति लम्साल मृत्यु प्रकरणका अभियुक्त धरौटीमा रिहा, बाबुले मागे परराष्ट्रमन्त्री राणासँग गुहार

प्रकृति लम्साल र अभियुक्त अद्विक श्रीवास्तवको फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८२ शनिबार १०:२१, काठमाडौँ

भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन्। 

उनलाई उडिसास्थित उच्च अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत फागुन ४ गते  केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई मर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए। 

तर उडिसाको उच्च अदालतले मे १६ मा १ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भइसकेका छन्।

प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्तलाई रिहाको आदेश उच्च अदालतले त्यतिबेलै दिएको भए पनि आफूले दुई/चार दिनअघि मात्र थाहा पाएको बताए। 

‘अभियुक्त रिहा भएको थाहा पाएलगत्तै मैले यही जेठ २८ गते हाम्रा परराष्ट्रमन्त्रीज्यू डा आरजु राणालाई भेटेर ज्ञापनपत्र दिएको छु’, शनिबार बिहान नेपालखबरसँग कुरा गर्दै लम्सालले भने, ‘खोइ अहिलेसम्म केही कुरा आएको छैन।’ 

अभियुक्त धरौटीमा छुटेकाले अब आफूले न्याय नपाउने हो कि भन्ने चिन्ताले सताएको उनले बताए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad