समाज


पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० करोड ३३ लाख बिगो

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० करोड ३३ लाख बिगो

नेपालखबर
असार ८, २०८२ आइतबार १८:२४, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।  

अख्तियारले थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतविरुद्ध मुद्दा दायर गरेको छ।  

अख्तियारले प्रतिवादीहरूले आपसी मिलेमतोमा शव दाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफू अनुकूलको कम्पनीलाई ठेक्का पार्ने योजना बनाएका थिए। यसका लागि उनीहरूले विभिन्न चरणमा बदनियत पूर्वक काम गरेको आरोप पत्रमा उल्लेख छ। अनुभव नै नभएको परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइयो। सोही कम्पनीमार्फत भारतीय ३२ लाख ५० हजार पर्ने मेसिनलाई नेपाली १ करोड ५२ लाख पर्ने देखाई अस्वाभाविक रूपमा लागत अनुमान तयार गरेको आरोप पत्रमा उल्लेख छ।  

त्यस्तै  सार्वजनिक खरिद ऐन विपरीत ‘म्याप इन्टरप्रेन्योर्स प्रालि’ नामक कम्पनीलाई मात्र मिल्ने गरी योग्यता र अनुभवको मापदण्ड राखेर अन्य कम्पनीहरू प्रतिस्पर्धामा सहभागी हुनबाट वञ्चित गराएको उल्लेख गरिएको छ। ठेक्का प्रक्रियामा समेत मागबमोजिमको अनुभव नभएको ‘म्याप इन्टरप्रेन्योर्स प्रालि’ ले पेस गरेको कागजातलाई सदर गरी ठेक्का दिइएको तथा ठेक्का स्वीकृत भए लगत्तै कानुन विपरीत १ करोड ८२ लाख पेस्की भुक्तानीसमेत गरेको जनाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad