जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ९, सोमबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।
जसअनुसार आजसमेत ३ दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी तथा पूर्वीराप्ती, पश्चिमराप्ती कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोसी, नारायणी नदी, कन्काई, र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आवश्यक छ।
बाढी महाशाखाको बुलेटिनअनुसार आज इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, बारा, पर्सा, पाल्पा, गुल्मी. अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी को मध्यम जोखिम देखिएकाले उक्त नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनुपर्नेछ।
यी २२ जिल्लालाई बाढी महाशाखाले आज पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।
साथै झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपालचोक, नुवाकोट, धादिङ, दाङ, प्युठान, रुकुमपश्चिम, रुकुमपूर्व. जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखएकाले उक्त नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
बाढीबारे हेर्नुहोस् सूचना-


Shares

प्रतिक्रिया