समाज


राष्ट्रिय सेवा दलले ७५ जिल्लामा सुुरु गर्‍यो जुनियर डिभिजन तालिम

राष्ट्रिय सेवा दलले ७५ जिल्लामा सुुरु गर्‍यो जुनियर डिभिजन तालिम

नेपालखबर
असार ९, २०८२ सोमबार १८:४६, काठमाडौँ

राष्ट्रिय सेवा दलले देशभर एकैसाथ जुनियर डिभिजन तालिम सुरु गरेको छ।  

सोमबारदेखि प्रारम्भ भएको तालिममा ७५ जिल्लाका २२१ विद्यालयमा अध्ययनरत ६,६३० जना छात्रछात्रा सहभागी छन्। 

तालिम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा संस्थागत स्तरमा प्रशिक्षण दिइनेछ भने दोस्रो चरणमा सामूहिक वार्षिक क्याम्प आयोजना गरिनेछ।

यस वर्ष भाद्र महिनाबाट २१ जिल्लाका ३६ विद्यालयहरूमा १,०८० जना छात्रछात्रालाई समावेश गरी सिनियर डिभिजन तालिम पनि सञ्चालन गर्ने योजना रहेको सेवा दलले जनाएको छ।

तालिममा सहभागीहरूले सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र अनुशासन जस्ता विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त गर्नेछन्।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म ८२,१८४ जनालाई सिनियर तथा जुनियर डिभिजन तालिम प्रदान गरिसकेको छ। 

राष्ट्रिय सेवा दलको यो कार्यक्रम विद्यार्थीमा राष्ट्रप्रेम, अनुशासन र सामाजिक जिम्मेवारी विकास गर्न सघाउ पुर्‍याउने विश्वास नेपाली सेनाले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad