आज सबैभन्दा धेरै तापक्रम भैरहवा र दिपायलमा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
आज दिउँसो भैरहवा र दिपायलको तापक्रम ३७ डिग्रीसम्म पुग्दा सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा मापन हुने अनुमान महाशाखाले गरेको छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सिसयसम्म पुग्ने अनुमान छ।
आज विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, नेपालगञ्ज, डडेलधुरा लगायत देशका सबैजसो शहरमा पानी पर्ने सम्भावना छ।
हाल देशका सबै क्षेत्रमा मनसुनी वायुको प्रभाव छ।

552
Shares

प्रतिक्रिया