कञ्चनपुरको बेलौरीमा अति भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गत २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २०१ मिलिमिटर पानी परेको हो।
दुई सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ।
मौसम महशाखाले सोमबार बिहान १० बजेतिर चेतावनी जारी गर्दै भनेको छ : त्यस वरिपरिका क्षेत्रमा पनि धेरै भारी वर्षा भएको छ। पानी परिरहेको क्षेत्रका बासिन्दाले आवश्यक सतर्कता अपनाउनुहोला।
516
Shares

प्रतिक्रिया