समाज


३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते

दुर्घटनामा परेको मोटरसाइकल चालक पक्राउ
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८२ सोमबार १२:९, काठमाडौँ

सिन्धुलीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। दुर्घटनापछि प्रहरीले मोटरसाइकलका चालकलाई पक्राउ गरेको छ। 

कमलामाई नगरपालिका-१४ रानीबासमा भिमानबाट रानीबासतर्फ जाँदै गरेको ज.४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति
दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रानीबास नगरपालिका-१४ चन्दनपुर बस्ने ३५ वर्षीय राजेन्द्र कुँवर दनुवार छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad