समाज


अस्थायी शिक्षक र ईसीडीका कर्मचारीबारे सहमति नजुट्दा शिक्षा समितिको बैठक बस्नै सकेन

अस्थायी शिक्षक र ईसीडीका कर्मचारीबारे सहमति नजुट्दा शिक्षा समितिको बैठक बस्नै सकेन

शिक्षा समितिका सभापति थापा।


नेपालखबर
असार १६, २०८२ सोमबार १२:५२, काठमाडौँ

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ।  बिहान ८:३० का लागि डाकिएको बैठक सांसदहरूबीच एक मत नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको छ।   
अस्थायी शिक्षकको विषयमा सहमति नजुटेको हो। अस्थायी शिक्षकले गर्ने प्रतिस्पर्धा ६०/४० वा ७५/७५ कुन अंक राख्ने भन्ने विषयमा सहमति जुटेको छैन।  

अब आजै दुई बजे बस्ने बैठकअघि शिक्षक महासंघका प्रतिनिधिसँग शिक्षा मन्त्रालयका प्रतिनिधिले एकपटक छलफल गर्नेछन्।  

त्यस्तै बालविकास (ईसीडी) शिक्षकका विषयमा पनि पूर्ण सहमति जुटिसकेको छैन। यसबारे भने सांसदहरू छलफलमा जुटेका छन्।  ऐनमै बालविकास सहयोगीलाई शिक्षक लेखेर जाने किन नजाने भन्ने विषयमा विवाद छ।   

केही सांसदले ईसीडीमा पढाउनेहरू राजनीतिक दलका कार्यकर्ता भएको भन्दै उनीहरूलाई शिक्षक मान्न नसकिने तर्क गरेका छन्। त्यस्तै उनीहरूले शिक्षक सेवा आयोग पास गरेर आउनेलाई मात्र शिक्षक भन्न सकिने पनि बताएका छन्।   

ईसीडीमा पढाउनेहरूलाई योग्यताको आधारमा पारिश्रमिक दिनुपर्नेबारे पनि छलफल जारी छ। जारी आन्तरिक छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, सभापति अम्मरबहादुर थापा, शिक्षामन्त्री रघुजी पन्त, छविलाल विश्वकर्मालगायत छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad