समाज


बीपी राजमार्ग अवरुद्ध हुँदा जाममा परेको एम्बुलेन्समै बिरामीको मृत्यु

बीपी राजमार्ग अवरुद्ध हुँदा जाममा परेको एम्बुलेन्समै बिरामीको मृत्यु

नेपालखबर
असार १७, २०८२ मंगलबार ९:२१, काठमाडौँ

सोमबार दिउँसो बीपी राजमार्ग पहिरोले अवरुद्ध हुँदा सवारी जाममा परेको एम्बुलेन्समै एक बिरामीको मृत्यु भएकाे छ। 

‘ब्रेन ह्यामरेज’ भएर काठमाडौं ल्याउँदै गरेको अवस्थामा महोत्तरीको मनरा शिसवा नगरपालिका-२ का भरतलाल झाको एम्बुलेन्सभित्रै मृत्यु भएको आफन्तले बताएका छन्। 

मृत्युपछि उनको शव सोही एम्बुलेन्समा महोत्तरी नै फर्काइएको छ। 

तर, जिल्ला प्रहरी कार्यालय काभ्रेले भने मंगलबार लामो समयसम्म एम्बुलेन्स पहिरोमा नरोकिएको दाबी गरेको छ। सडक माथिबाट आएको लेदोको कारण सोमबार दिउँसो बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका–९ नार्केमा केही घण्टा सडक अवरुद्ध भएको थियो।

काभ्रेका डीएसपी मीनबहादुर घलेले एम्बुलेन्स जाममा परेको कारण कुनै पनि बिरामीको मृत्यु नभएको दाबी गरे। पहिरो खस्नुभन्दा अघि नै नार्के पार गरेको एम्बुलेन्समा रहेका एक बिरामीको मृत्यु भएको उनले बताए। 

‘उपचारको लागि काठमाडौँ ल्याउँदै गरेका एक बिरामीको भकुन्डेमा आएपछि स्थानीय एक अस्पतालमा जाँच गर्दा मृत्यु भएको रहेछ,’ उनले भने, ‘हिजाे हामीले पहिरो खसेर सडक अवरुद्ध हुनुअघि नै ४ वटा एम्बुलेन्सलाई नार्के पार गराइसकेका थियौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad