काठमाडौँको वनस्थलीस्थि ढ्वाङ खोलामा खसेको एउटा स्कुटर प्रहरीले निकालेको छ।
काठमाडौँ महानगरपालिका १६ बनस्थली ढुङ्गेधारास्थित ओम साइबाबा अस्पताल नजिकबाट मंगबार साँझ ढ्वाङ खोलामा खसेको बा.प्र ०२ ०५१ नम्बरको स्कुटर निकालिएको नेपाल प्रहरीले जनाएको छ।
स्कुटर पर्वतको पैयाबास गाउँपालिका घर हाल हाल काठमाडौँको नागार्जुन नगरपालिका १ बस्दै आएका २६ वर्षीय लक्ष्मण भुसालले चलाएका थिए।
स्कुटर खोलामा खसे पनि भुसाल भने सकुशल रहेका प्रहरी परिसर काठमाडौँले जनाएको छ।
यही असार ६ गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- ६ को मूलपानी बाबाचोकनजिकैको एक खाडलमा पनि एक बालक डुबेका थिए।
अन्दाजी ५ वर्षीय ती बालकको तत्कालै उद्धार गरिएको थियो। बर्खाको बेला सडकमा जथाभावी खाडल बनाउँदा पानी परेको बेला राजधानीकै यात्रा पनि जोखिमपूर्ण बन्न थालेको छ।
कागेश्वरी मनोहरामा वर्षाको पानी जमेको खाल्डोमा बालक डुबेपछि (भिडिओ)
Shares

प्रतिक्रिया