सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका बिरामीको विषयमा जानकारी दिएर सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।
प्रत्यारोपण केन्द्र अन्तर्गतको मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपण सम्बन्धी समन्वय इकाइले आज सूचना जारी गर्दै मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारले अंग दिन मञ्जुर भएमा एक मृत व्यक्तिका अंगले ८ जनासम्मको ज्यान बचाउन सकिने जनाएको छ।
केन्द्रले विभिन्न अंग फेल भएका व्यक्तिहरुले चिकित्सकको सिफारिससहित समन्वय इकाइको पतिक्षा सूचीमा नाम दर्ता गर्न पनि अनुरोध गरेको छ।
‘मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंगहरूलाई सुरक्षित रूपमा राख्ने र अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिमा कानूनले तोकेअनुसार प्राथमिकताक्रमका आधारमा मात्र वितरण गरिने हुँदा कोही कसैबाट पनि अमूल्य मानव अंगको दुरुपयोग हुन नसक्ने सुनिश्चित गरिएको छ,’ सूचनामा भनिएको छ।
मस्तिष्क मृत्यु भएका व्यत्तिबाट अंगदान भएमा अंगदाता परिवार र मस्तिष्क मृत्यु घोषणा गर्ने अस्पताललाई तोके बमोजिम आर्थिक सहयोग उपलब्ध हुने पनि केन्द्रले जनाएको छ।
सरकारले मस्तिष्क मृत्यु पश्चात अंगदान भएमा अंगदाता परिवारलाई दुई लाख रुपैयाँ दिने व्यवस्था गरेको छ।
हेर्नुहाेस् सूचना

Shares

प्रतिक्रिया