दृष्टि न्युजविरुद्धको अदालतको अवहेलना मुद्दामा विशेष अदालत बारले एमिकस क्युरी पठाएकाे छ। बारले बुधबार ३ जनाकाे नाम दिएकाे हाे।
अवहेलना मुद्दामा २२ गते बहस हुने भएको छ, जहाँ उनीहरुले आफ्नो राय दिनेछन्।
त्यस्तै असार १२ गते भएको आदेशमा विशेष अदालतले दृष्टि साप्ताहिकका प्रकाशक तथा सम्पादक शम्भु श्रेष्ठ र दृष्टि न्यूज अनलाइनका सम्पादक एमपी सुब्बालाई जनही २५ हजार धरौटी माग गरेको थियो।
उनीहरू दुवैजना जनही २५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए।
1.1k
Shares

प्रतिक्रिया