समाज


थुनामा राख्न अदालतले अनुमति नदिएपछि ठेकेदार मनोज भेटवाल रिहा

थुनामा राख्न अदालतले अनुमति नदिएपछि ठेकेदार मनोज भेटवाल रिहा

नेपालखबर
असार २२, २०८२ आइतबार १४:३१, काठमाडौँ

काठमाडौँ भ्यु टावरका ठेकेदार मनोज भेटवाल रिहा भएका छन्। अदालतले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो। तर १९ गते दोस्रो पटक म्याद थपका लागि उपस्थित गराउँदा अदालतले म्याद नदिएपछि छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए।

भेटवाललाई प्रहरीले असार १३ गते पक्राउ गरेको थियो। यसअघि हिरासतमा राख्न अदालतले अनुमति दिए पनि स्वास्थ्यका कारण भन्दै उनलाई अस्पतालमा राखिएको थियो। ह्याम्स अस्पतालमा ६ दिन राखेपछि भेटवाललाई छाडिएको हो। 

जलेश्वर बिकोई बिल्डर्स प्रालिका अध्यक्ष भेटवाल दमको बिरामी भएकाले अस्पतालमा राखिएको प्रहरीको दाबी थियो। उनी ९ करोड ८८ लाख रूपैयाँ चेक बाउन्सको कसुरमा पक्राउ परेका थिए। पीडितले सुरुमा प्रहरीमा जाहेरी दिए पनि पक्राउ गरेर अनुसन्धान गरेको थिएन।

भेटवालविरुद्ध जिल्ला अदालतबाट २०८२ असार ६ गते पक्राउ पुर्जी जारी भएको थियो। भेटवाल यसअघि पनि पटकपटक पक्राउ परेका थिए। क श्रेणीका ठेकेदार भेटवालले काठमाडौँ भ्यु टावर पनि अलपत्र पारेका छन्। 

उनले ठेक्कापट्टाकै क्रममा सिन्धुलीका राजकुमार बरालसँग ९ करोड ८ लाख रूपैयाँ लगेको र त्यो रकम फिर्ताका लागि चेक दिए पनि रकम नसाटिएको आरोप छ।

गत वर्ष साउन ३० गते काटेको ५ करोड ९४ लाख र २०० माघ २९ गते नै काटिएको ३ करोड ९४ लाख रूपैयाँको चेक नसाटिएको पीडितको गुनासो छ। ती दुवै चेक नसाटिएपछि पटकपटक ताकेता गर्दा पनि अटेर गरेका भेटवाललाई कानुनी दायरामा ल्याउन पीडितले प्रहरी गुहारेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad